My Dear Red Passport

To my dream girl, The Red Passport— May every journey begin with you. 🌍❤️
तिमी रातो पासपोर्ट,
म झुत्रो जन्मदर्ता, प्रिय।
तिमी शाही जहाज,
म पुरानो साइकल, प्रिय।
तिमी रातो कार्पेट,
म धुलाम्मे गोरेटो, प्रिय।
देशको परराष्ट्र नीति कोर्ने सुनौलो हस्ताक्षर तिमी,
म हिज्जे बिगार्दा गाली खाने थोत्रो कलम, प्रिय।
तिमी राजदूतको गाडी,
म लोकल बसको झ्यालछेउ, प्रिय।
तिमी VVIP लाउन्ज,
म लामो लाइनको टोकन, प्रिय।
तिमी कूटनीतिक पास,
म विमानस्थलको भिड, प्रिय।
तिमी आकाशमाथिको उडान,
म धुलोमाथिको यात्रा, प्रिय।
तिमी विश्वमञ्चको पोडियम,
म वडा कार्यालयको काउन्टर, प्रिय।
तिमी एउटै हस्ताक्षरले दुई देश जोड्छौ,
म हस्ताक्षर नमिले फारम फेरि भर्छु, प्रिय।
तिमी देशको अनुहार,
म पासपोर्टको फोटो, प्रिय।
तिमी सीमापारि सम्मानको अतिथि,
म सीमापारि शंकाको पात्र, प्रिय।
तिमी कूटनीतिको चमक,
म साधारण नेपालीको कथा, प्रिय।
My Dear Red Passport—
तिमी संसार घुम्छौ,
म तिम्रो कथामा संसार खोज्छु।
तिम्रो पासपोर्टमा संसारभरिका छापहरू छन्,
मेरो मनमा तिम्रा यादहरू।
तिमी जहाँ पुगे पनि देशको नाम बोकेर पुग्छौ,
म जहाँ भए पनि तिम्रो नाम बोकेर बाँच्छु। ❤️
Happy World Tourism Day to you,
मेरो रातो पासपोर्ट। 🌍❤️


